Rule 26
अन्तिम मतदाता नामावली तयार गर्नु पर्ने
(१) यस नियमावली बमोजिम दावी विरोध, जाँचबुझ, संशोधनको प्रक्रिया लगायत पूरा गर्नु पर्ने अन्य कार्यविधि पूरा भई सकेपछि प्रमुख नाम दर्ता अधिकारीले आफ्नो जिल्लाभित्र रहेको प्रत्येक गाउँ विकास समिति र नगरपालिकाको वडाको अन्तिम मतदाता नामावली अनुसूची–२ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको मतदाता नामावलीको प्रत्येक पृष्ठमा प्रमुख नाम दर्ता अधिकारीले दस्तखत गर्नु पर्नेछ ।धधध।